बंगलाचुली ३ मा पुन शोभाराज बिस्वकर्माको प्यानल विजयी

हिमाल महरा

बंगलाचुली, १ जेष्ठ ।

बंगलाचुली गाँउपालिका वडा नं. ३ मा माओवादी तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार शोभाराज बिस्वकर्मा पुन दोश्रो कार्याकालकोलागि विजयी भएका छन ।


बिस्वकार्माले ५६२ मत ल्यायर बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उम्मेदवार टेक बहादुर थापाले ५३२ एमालेका उम्मेदवार डिल बहादुर डांगी ४२० राजमोका उम्मेदवार केदार परियारले ८ मत मात्रै ल्याएका हुन । त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार महिला सदस्य सुशिला खत्री ५४३, दलित महिला सदस्य टीका बि.क. ५५२, खुल्ला सदस्य लोक बहादुर खत्री ५४७, खुल्ला सदस्य हरि प्रसाद घर्ती मगर ५४७ मत लियर बिजयी भयको छन ।

अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुन (सुवास ) ले ८२६ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भेषराज खत्री ४०३, राजमोका अध्यक्ष पदका उम्मेदवार सन्जय वलि ५ र उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिले ८८२ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर ४०३, राजमो अनिता पान्डेय ५ प्राप्त गर्नु भयको छ । अहिले बंगलाचुली ४ र ५ नं. वडा को मतगणना जारी रहेको छ भने पुर्ण मत बदर ५ रहेको निर्वाचन कार्यालयले जानकारी दियको छ ।