
मिति २०८२ साउन २२ गते ।
मेष : आज आत्मविश्वास बढ्नेछ। गुरुको दृष्टिले अध्ययन, अध्यापन वा धर्मकर्ममा मन जानेछ। यात्रामा सफलता मिल्ने संकेत छन्। तर अनावश्यक हतार नगर्नुहोस्।
वृष : भावनात्मक तनाव आउन सक्छ। खर्च बढ्ने सम्भावना छ, तर मन शान्त राखेमा पारिवारिक सुख प्राप्त हुनेछ। वित्तीय निर्णय आजका लागि टार्नु ठीक हुन्छ।
मिथुन : सहयोगीको साथ पाउनु हुनेछ। वैवाहिक जीवनमा सन्तुलन कायम हुनेछ। व्यवसायिक लाभको संकेत पनि छ। मीठा बोलले सबैलाई आकर्षित गर्न सक्नुहुन्छ।
कर्कट : कामप्रति जिम्मेवारी बढ्नेछ। व्यस्तता रहला तर परिश्रमको उचित मूल्य पाउनुहुनेछ। परिवारभित्र सानो असमझदारी आउन सक्छ, तर प्रेमपूर्वक समाधान होला।
सिंह : मन प्रफुल्ल रहनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम वा मित्रताको नयाँ सुरुवात हुन सक्छ। सन्तान पक्षबाट खुशी प्राप्त हुनेछ।
कन्या : चन्द्रमा आफ्नै राशिमा भएकाले मानसिक चञ्चलता देखिन सक्छ। भावनामा बगेर निर्णय नगर्नुहोस्। घरपरिवारमा सन्तुलन राख्नु आवश्यक छ।
तुला : गोप्य शत्रु सक्रिय हुन सक्छन्, तर आफ्नो संयम र कूटनीति प्रयोग गर्नुभयो भने सफलता निश्चित छ। आध्यात्मिक चासो बढ्न सक्छ।
वृश्चिक : सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुने दिन। साथीसँग भेटघाट हुनेछ। काममा सहयोगीहरूबाट राम्रो साथ पाउनुहुनेछ।
धनु : पेशा वा अध्ययनमा सफलता मिल्ने संकेत छ। गुरुको दृष्टिले उच्च सोच र मार्गदर्शन प्राप्त हुनेछ। मान–सम्मान बढ्नेछ।
मकर : दूरदराजको यात्रा वा अध्ययनमा सफलता मिल्ने दिन। तर मानसिक थकान हुन सक्छ। धार्मिक चासो र दान–पुण्यमा रुचि बढ्नेछ।
कुम्भ : ऋण वा पैसाको लेनदेनमा सतर्कता आवश्यक छ। पारिवारिक सम्पर्कमा सुधार आउनेछ। आजको दिन गहिरो चिन्तन र आत्म–विश्लेषणको लागि उपयोगी बन्न सक्छ।
मीन : दाम्पत्य जीवनमा सन्तुलन आवश्यक छ। भावनात्मक उतारचढाव हुन सक्छ। तर व्यापारमा फाइदा मिल्ने सम्भावना छ। सम्झौतामा हस्ताक्षर गर्दा ध्यान दिनुहोस्।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । २३ श्रावण २०८२, बिहीबार १०:०६ बजे