गढवा गाउँपालिका-८ मा एमाले उम्मेदवार बिजय

दाङ, ३१ बैशाख ।

गढवा गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । गढवा गाउँपालिका-८ मा एमालेका खालिक सिद्धिकिले १०९ मतले जितेका छन ।


उनले माओवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको गठबन्धन उम्मेदवार सद्भाम सिद्धिकीलाइ हराएका हुन ।

गठबन्धनको प्यानललाइ हराउँदै वडा नम्बर ८ मा एमालेका उम्मेदवारले प्यानल जित निकालेका हुन । खालिक सिद्धिकिले ४९६ मत प्राप्त गरेका छन ।