सल्यानमा रुखबाट लडेर एक जनाको मृत्यु

सल्यान, २० माघ । सल्यानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका १० पिपलनेटा स्यालागाउँका ६० वर्षीय ध्वज बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभएको छ ।


उहाँका अनुसार शुक्रबार बिहान आफ्नै बारीमा भिमलको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडी घाइते भएका केसीको परोपकार हस्पिटल श्रीनगरमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेका हुन ।