स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जाको वालिङ अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा १३ जनाको मृत्यु भएको स्याङ्जा प्रहरीले बताएको छ। सिख्रेबाट बालिङतर्फ गइरहेको ग २ प ३०२६ नम्बरको जिप अर्खलाबासमा दुर्घटना भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने १ जनाको वालिङमा नै उपचार भइरहेको छ।