तुलसीपुरमा एक पसलबाट पटका बरामद

तुलसीपुर, २८ कार्तिक ।  दाङको तुलसीपुरमा रहेको एक किराना पसलबाट प्रहरीले पटका बरामद गरेको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सन्तोश आचार्यको टोलीले तुलसीपुर बसपार्क स्थित भण्डारी किराना पसलबाट आज पटका बरामद गरेको हो । पसलबाट ग्राहकलाई पटका विक्री गर्दै गरेको अवस्थामा फेला परेपछी उक्त पटका बरामद गरिएको हो ।


पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर पटका मात्रै बरामद गरिएको भन्दै असई आचार्यले अर्को पटक यस्ता कृयाकलाप नदोहोर्याउन पनि पसल सञ्चालकलाई आग्रह गर्नुभएको छ । पटका बढिभाग बालबालिकाहरुले प्रयोग गर्ने भएकाले आफ्ना बालबच्चाहरुलाई सचेत गराउन समेत उहाले सबै अभिभाबकहरुलाई आग्रह गर्नुभएको छ । कोहीपनि बालबालिकाले पटका पट्काएको फेला परेमा अभिभावकलाई कारवाही गर्ने उहाले चेतावनी समेत दिनुभएको छ ।