मेयरका उम्मेदवार गिरीका घरमा बेयरका बोत्तलमा भुस भरेर प्रहार

तुलसीपुर
२९ वैशाख / गठबन्धनका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घरमा बेयरका बोत्तलमा भुस भरेर प्रहार गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बेयरका बोत्तलमा भुस भरेको र बाहिरबाट मट्टितेल लगाएर प्रहार गरेको बताएका छन् । दुईवटा त्यस्ता बोतल प्रहार भएको छ ।


तुलसीपुर ५ सल्यान रोड स्थित गिरीको घरमा विहीबार राति ८ बजेतिर उक्त प्रहार गरिएको हो । साथै बाहिर पेट्रोल बम भनि प्रचार गरिएको भन्दै त्यो पेट्रोल बम नभएको समेत बताए । कसले फाल्यो भन्ने कुरा भने पत्ता लाग्न सकेको छैन ।

खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । क्षति भने केही भएको छैन ।