विकट प्रतापकाेटमा अप्टिमिष्टकाे स्वास्थ्य शिविर

तुलसीपुर, ६ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित बिकट क्षेत्र माबि प्रतापकाेटमा स्वास्थ्य शिविर भएकाे छ । शुक्रबार अप्टिमिष्ट क्लब तुलसीपुरकाे आयाेजना तथा पाल्पाली पाेलिक्लिनिक, साईट आई क्लिनिक र बिआर डेन्टल हस्पिटलकाे प्राबिधिक सहयाेगमा शिबिर भएकाे हाे ।

दन्त, आँखा, सुगर, प्रेसर जाँच गरिएकाे थियाे । बिकट क्षेत्रमा स्वास्थ्य समस्या हुने भएकाले स्वास्थ्य जाँच गरिएकाे क्लबले बताएकाे छ । त्यस अवसरमा १८५ बढि विद्यार्थी र अभिभावकले स्वास्थ्य जाँच गराएका थिए ।

आँखा राेग बिशेषज्ञ सुशील गिरी, दन्त राेग बिशेषज्ञ भुबन भुसल, पाल्पाली पाेलिक्लनिकका प्रबन्ध निर्देशक सुरज ज्ञवालीले जाँच गरेका थिए ।


क्लबका अध्यक्ष एकराज भण्डारीकाे अध्यक्षता लेफ्टिनेन्ट गभर्नर मानबहादुर बस्नेतकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले क्लबले सामाजिक उत्तरदायित्व बहन गर्न यस्ता कार्यक्रम गर्नुपर्ने बताए । बिकट क्षेत्रका नागरिकलाई यसले स्वास्थ्यमा पहुँच पु-याएकाे बताएका थिए ।

सल्लाहकार घनश्याम डाँगीले स्वागत मन्तब्य मन्तब्य ब्यक्त गरेकाे कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सुशील गिरीले यसले विद्यार्थी र अभिभावकहरूलाई आफ्नाे स्वास्थ्यका बारेमा जानकारी लिने सहज वातावरण भएकाे बताएका थिए ।

त्यस्तै क्लबका सल्लाहकार झरेन्द्र खरेलले राेग लुकाउनेहरूलाई याे शिविर बरदान बनेकाे बताए । कार्यक्रममा वडा नं.३ का वडा सदस्य राजेन्द्र गुरूङले नागरिककाे स्वास्थ्यमा यसले सहयाेग पुग्ने बताए । बिकटमा अझै पनि स्वास्थ्य सेवा सहज हुन नसकेकाे अबस्थामा नागरिककाे राेग पहिचानमा सहयाेग पुग्ने उनले बताए । कार्यक्रमकाे सहजीकरण महासचिब मेघराज पाेखरेलले गरेका थिए ।