
तुलसीपुर, ३१ असार । नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुरले स्थापना दिवसमा बिभिन्न कार्यक्रम गरेको छ । महासंघको मंगलबार परेको दिवसका अवसरमा दिप प्रज्ज्वलनलगायतका कार्यक्रम गरिएको हो ।
अध्यक्ष वेदप्रसाद वलीको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश सचिबालय सदस्य प्रेम राज वली(प्रभात)को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा बक्ताहरुले साना तथा मझौला ब्यबसायीहरुको हकहितमा यस संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
कार्यक्रममा बिशिष्ट अतिथि महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारी, धनबहादुर बुढा ,पुर्ण रावल ,डिल्ली बहादुर वलीलगायतले सुभकामन मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण महाचिब कृष्ण पुुनले गरेका थिए ।





लाइभदाङ । ३१ असार २०८२, मंगलवार २२:२८ बजे