वेदप्रसाद वलीका असन्तुष्टि

तुलसीपुर,२४ वैशाख ।

माओवादी केन्द्र तुलसीपुर ५ का अध्यक्ष बेदप्रसाद वलीले पार्टीले आधिकारिक कमिटिलाई बेवास्ता गरेको बताएका छन् ।
यस्ता छन्, उनका असन्तुष्टिहरु :

१. आधिकारिक कमिटिलाई बेवास्ता गरी दम्ब र घमण्डका साथ सुनियोजित रुपमा आम जनता कार्यकर्ता समर्थक सुुभचिन्तकहरुको आकंक्षा बिपरित निर्णय गरी जबरजस्ती लाद्ना खोजेको ।

२. बिगत लामोसमयदेखि पार्टी निर्माणमा गरेको योगदान, बलिदान र मेहनतलाई अबमूल्यान गरी पटक–पटक अन्याय गरिएको ।
३. यस वडा नं.५ मा आम जनसमुदायको तर्फबाट अपरिचित व्यक्तीहरुलाई उम्मेदवार बनाएको ।

४.यस वडा नं.५ मा आमनागरिकहरु सबैको आक्रषर्णको केन्द्र बन्दै गएको र जनसमर्थन ध्रुबिकृत भएको केही व्यक्तीहरु बिगत देखि नै सुनियोजित षड्यन्त्रका ताना बाना र योजनाबद्ध हामीलाई घेरा बन्दी गरी पार्टीलाई तहस नहस गरिएको छ ।


५. बिगत तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदमा उठ्दा त्यतिबेलाको ने.के.पा. पार्टी भित्रैबाट ठूलो षड्यन्त्र भएको र मेरो बिरुद्ध २ जना बागी उम्मेदवार उठाएर सुनियोजित तरिकाले हराएको र मेरो माग समिक्षा गरोस् पार्टीले भन्ने थियो तर बेवास्ता गरको ।

६. बिगतमा पार्टी फुटेको बेला यस वडामा हाम्रो पार्टी कमिटि समर्थक सुभचिन्तकहरुलाई एक ढिक्का राखी सडक आन्दोलनमा महत्वपूर्ण भूमिका गरी प्रतिगमनका बिरुद्ध सेल कमिटिसम्मलाई प्रष्ट पार्न सफल भएको ।

७. पार्टीभित्र गलत प्रवृति र अनुसाशनहिनता मौलाउदै गएको र जस–जसले सामाजिक सञ्जालको प्रयोग गरी पार्टी बिपरित हर्कत गर्नेहरुलाई ठूला–ठूला पद पोष्ट दिएर इमान्दार कार्यकर्तालाई नेगेटिभ गर्ने काम गरि पार्टी संगठनहरु बिग्रिएको ।

८. बिगत लामो समयदेखि पार्टीका नेता गनहरुबाट धेरै कुराहरुमा आसपास दिई धोका दिने काम भएको ।

९. पार्टीले अहिलेसम्म वास्तविक पार्टीको इमान्दार कार्यकर्ता चिन्ने र सहि मूल्याङ्कन गर्ने जजको टिम नबनाएर जथाभावी भाडभैलो मौलाएको र अवसरबादीहरु अगाडी जबरजस्ती बडेको र इमान्दार नेता कार्यकर्ता निरासा र पलाइन्ता तिर गएको ।