एनएमबि बैँकद्धारा ल्यापटप र प्रिन्टर सहयोग

दाङ, २४ कार्तिक
अमृतपुर खानेपानी तथा सरसफाई संस्थालाई बिहिबार (आज) एक थान ल्यापटप र प्रिन्टर सहयोग गरिएको छ । तुलसीपुरमा रहेको एनएमबि बैँक तुलसीपुर शाखाले संस्थाका अध्यक्ष चन्द्रकान्त खरेललाई सो सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै बैँकका शाखा प्रबन्धक रमेश रेग्मीले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामग्री सहयोग गरिएको बताउनुभयो ।

उहाँले बैँकले कर्जा असुली सम्बन्धि कार्यमात्र नभएर सामाजिक कार्यपनि गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो शाखाको तर्फबाट सहयोग गरेको बताउनुभयो । साथै उहाँले प्रबिधिमा आधुनिकिकरण गर्नको लागि सहयोग गरेको पनि बताउनुभयो ।


संस्थाका कोषाध्यक्ष केशव वलीले सामाग्री सहयोग गरेको भन्दै बैँकलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले आफु कार्यरत बैँर्क बैँक अफ दि ईयर २०२१’ बाट समेत सम्मानित भएको भन्दै बैँक उत्कृष्ट हुनुमा सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो ।