तुलसीपुर ४ मा हेटनन् खरका छाना

तुलसीपुर
२४ वैशाख / तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का बिभिन्न स्थानमा खरका छाना हट्न सकेका छैनन् ।

निवर्तमान वडाध्यक्ष बालकृष्ण राणाले वडाका सबै ठाउँमा खरका छाना हटाईसकेको भनि प्रचार गरेपछि अझै पनि हरियाली टोल,हात्तिलोटे, कात्तिटोललगायतका स्थानमा अझै खरका छाना हट्न सकेका छैनन् । खरका छाना नहट्दा त्यहाँका स्थानीय जोखिममा बस्नु पर्ने बाध्यता छ ।

ति छानाहरु हटाएको भनि प्रचार गरेपनि हटाउन नसकेको भन्दै आफूले ति छाना हटाउने गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार तुलसी थापाले बताए । उनका अनुसार आफू गरीब परिवारकै ब्यक्ती भएकाले त्यस्ता ब्यक्तीहरुलाई प्राथमिकतामा राखेर काम गर्ने समेत बताए ।


तुलसीपुर ४ मा गठबन्धनलाई कसरी हाल्ने भोट ? हेर्नुस् भिडिओ