घोराहीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

दाङ, २२ कार्तिक ।
दाङको घोराहीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
घोराहीबाट पाठक चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ -०२९ च १०८२ नम्बरको कार र पाठक चोकबाट आउँदै गरेको रा ८ प २७०१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन्। उनीहरूमध्ये चालकलाई मितेरी अस्पताल र अर्का घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ।


घटनास्थलमा प्रहरी नायब निरीक्षक एकबहादुर खड्काको कमान्डमा प्रहरी टोली पुगेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।