कर्णबहादुर वलीको शब्दमा आधुनिक गीत ‘तक्दिर’ बजारमा (भिडियो)

तुलसीपुर
२ पुस /  दाङ तुलसीपुर उपमहामनगरपालिका वडा नं. ९ निवासी कर्णबहादुर वलीले आधुनिक गीत‘तक्दिर’ बजारमा ल्याएका छन् । तुलसीपुरका भ्याली सिद्धार्थ पोलिक्लिनिकका सञ्चालक समेत रहेका वलीले केही दिन अघि मात्रै तक्दिर बजारमा ल्याएका हुन् । यो उनको दोस्रो गीत हो ।

यस अघि उनले ‘नसोध भो’ गीतमा अभिनय गरेका थिए । अहिले आफ्नो शब्द र अभिनयमा रहेको तक्दिर बजारमा ल्याएपछि धेरैले उक्त गीत रुचाएका छन् । ‘उस्कै माया किन लाग्छ, जो मेरो होईन्, त्यही मान्छे मान्छे दिलमा बस्यो जो तक्दिरमा छैन’ गीतका शब्दहरुमा भनिएको छ ‘भाग्य लेख्ने विधाताले लेख्नै भुले तिम्रो नाम । तिमि साथमै छैनौ अब संसारबाटै मुक्ति पाम ।’

यी गीतका शब्दहरु धेरैले मन पराएका छन् । वली भन्छन्‘टिकटकमा पनि त्यतिकै मन पराईएको छ ।’ प्रमोद खरेलले गाएको उक्त गीतमा रोसन सिंहले लय दिएका छन्, भने कर्णबहादुर वली र सुप्रिया खनालले श्वर दिएका छन् ।


जुन गीतमा माया प्रेमको भावलाई समेटिएको छ । ‘यो गीतमा प्रमिका भिरबाट लडेर उनको टोउकोमो गम्भीर चोट लाग्छ, त्यसपछि उनले आफ्नो प्रेमीलाई चिन्न छोड्छिन्’, उनले भने‘ त्यसपछि उनी अर्कैसंग हिड्छिन्, यस्तै भाव बोकेको मार्मिक भाव छ ।’