
तुलसीपुर, ३ भदौ । तीजका गीतहरुमा विकृति देखिरहेको अबस्थामा परम्परागत ‘छिर्लिङ’ गीत सार्वजनिक भएको छ ।
यस्तो अवस्थामा, मध्यपश्चिम क्षेत्रको पुरानो मौलिक भाका ‘छिर्लिङ’मा आधारित तीज गीत ‘छिर्लिङ’ बजारमा आएको छ ।
उदय केसी ‘तृप्त’ को प्रस्तुति रहेको यो गीत Udaykctript युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
केही दशकअघि दाङ क्षेत्रमा अत्यन्त लोकप्रिय रहेको यो मौलिक भाका अहिले लोप हुने अवस्थामा पुगेको थियो। निजामती सेवामा कार्यरत उदय केसीले सांगीतिक क्षेत्रमा रहेको रुचि र संस्कृतिक संरक्षणप्रतिको प्रतिबद्धताका कारण यो भाका पुनः सार्वजनिक गरेका हुन्।
गीतमा सर्जक केसीसंगै गायिका टिका पुन को सुमधुर स्वर रहेको छ। यो गीत मौलिकता, परम्परा र स्थानीय संस्कृतिको सम्वाहकका रूपमा आएको छ ।
पछिल्लो समय तिज गीतमा बिकृति फैलिरहेको अबस्थामा तीज गीतको मर्मलाई जोगाउन यो गीत सार्वजनिक गरेको केसीले बताए ।



लाइभदाङ । ३ भाद्र २०८२, मंगलवार ०९:०३ बजे