
तुलसीपुर,२२ कात्तिक ।
दाङ तुलसीपुर सबस्टेसनमा रहेको ६/८ एमभीए पावर ट्रान्सफर्मरको सिटी (CT) मा क्षति पुग्दा आज बिहानदेखि विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।
आज मिति २०८३ कात्तिक २२ गते बिहान ९:०० बजेदेखि सबस्टेसनको सिटी जलेपछि यसअन्तर्गतका मुख्य फिडरहरूको लाइन काटिएको हो। नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार सबस्टेसनबाट विद्युत् आपूर्ति हुने मानपुर-बिजौरी फिडर, कपुरकोट फिडर र फुलवारी फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत् सेवा प्रभावित भएको छ।
सबस्टेसनमा जडान गरिएको बिग्रिएको सिटी बदली गर्ने कार्य अहिले भइरहेको छ। प्राविधिक टोली खटिएर मर्मत कार्य गरिरहेको र निर्धारित समयभित्रै अर्थात् आज बिहान ११:०० बजेभित्रै काम सम्पन्न गरी विद्युत् सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।



लाइभदाङ । २३ कार्तिक २०८३, आईतवार ०९:३७ बजे