
दीपक बोहरा
तुलसीपुर, २३ कात्तिक ।
यमपन्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डी स्थित गौशालाका ६ सय बढि गाईलाई सामूहिक रुपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेशनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।
प्रत्येक बर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेशनका अध्यक्ष भरतनाथ योगीले बताउनुभयो । सोही अनुरुप यो बर्ष पनि पूजा गरिएको उहाँको भनाई थियो ।“प्रत्येक बर्ष गाई तिहारको दिन यसरी गौशालामै पुजा गर्ने गरिन्थ्यो”,उहाँले भन्नुभयो“यस बर्ष पनि सोही अनुरुप गाई पूजा गरियो ।” साही दिन लक्ष्मीको हवन पुजा समेत गरिएको थियो ।
साथै विभिन्न दाताहरुले गाईलाई खाना समेत प्रदान गरेका थिए । जहाँ विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याईएको छ । गौशाला सञ्चालनमा भने निकै चुनौति रहेको अध्यक्ष योगीले बताउनुभयो । गाइगोरुलाई खानपानकालािग निकै समस्या हुने गरेको छ । त्यसकालागि बिभिन्न दाताहरुको सहयोगले नै गौशाला चलिरहेको अध्यक्ष योगीको भनाई छ ।



लाइभदाङ । २४ कार्तिक २०८३, सोमबार १८:५७ बजे