झाडापखालाबाट तुलसीपुरमा बालकको मृत्यु

तुलसीपुर
२७ वैशाख / झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने ४ जना बिरामी परेका छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–११ उरहरीको पश्चिम थारुगाउँ निबासी तीलक पुनका ढाई बर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका ईमरजेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए ।


त्यसैगरी ५० बर्षका वुद्धिराम, ४० बर्षकी गौरी पुन र ५८ बर्षका कलसीङ पुन र मिना पुन बिरामी परेका छन् । चारजना बिरामी मध्य वुद्धिरामको अवस्था गम्भिर रहेको छ । उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बिरामीहरुलाई चार बजे अस्पतालमा ल्याइएको थियो ।

बिरामीहरुमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखा परेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको ईन्चार्ज केसीले बताए ।