तुलसीपुरबाट प्रभाबशाली पाँच जना माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर, १ फागुन । दाङबाट पाँच जना प्रभाबशाली ब्यक्तीहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विप्लव निकट नेकपाका नेता इश्वरी पाण्डे, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निबर्तमान अध्यक्ष खेमराज वली, गिद्द संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमाले निकट नेता युवराज केसी र अक्षर सुधार अभियानका अभियन्ता हिमाल डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गरेका हुन् । त्यस अवसरमा प्रचण्डले सच्चा कम्युनिष्ट एकजुट भएर जानुपर्ने बताए । जनयुद्ध दिवसको अवसरमा उनीहरुले प्रवेश गरेका हुन् ।

त्यस अवसरमा पार्टीका स्थायी कमिटि सदस्य तथा सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्मा, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्य हेमराज शर्मा, केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारीलगायतको सहभागितामा उनीहरुलाई प्रवेश गराईएको हो ।