दाङमा भूमि आयोग विघटन विरुद्ध विरोध

शान्तिनगरमा आयोजना गरिएको कार्यक्रममा सहभागिहरु ।

दाङ
२४ साउन / दाङमा भूमि आयोग विघटन विरुद्ध विरोध गरिएको छ । दाङका १० वटै पालिकामा नेकपा एमालेका नेताहरु सहभागि भएर भूमि आयोग विघटन विरुद्ध ¥याली तथा कोणसभा आयोजना गरिएको थियो ।

त्यस अवसरमा भूमी आयोग वर्तमान सरकारले खारेज गरेकोमा आपत्ति प्रकट गर्दै भूमिहीन सुकुम्बासीहरुले आयोगको पुर्नस्थापनाको माग गरेका थिए ।

प्रतिनिधिसभा सदस्य तथा एमाले नेता गंगा चौधरीले गठबन्धन सरकारले भूमी आयोगको खारेजी गरेर हजारौ लाखौं सुकुम्बासीहरुलाई आगो बनाएको बताईन् ।

उनले भूमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीका नाममा फाराम भरिसकेका भूमिहीन मुक्त कमैया तथा सबै सुकुम्बासीहरु एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताईन् ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले लगत इण्ट्रि गरेर भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिने अन्तिम तयारी भएको अवस्थामा गठबन्धन सरकारले भूमी आयोग नै बिघटन गर्नु दुःखद भएको भन्दै भूमि आयोग तत्काल पुर्नस्थापनाको माग गरे ।


शान्तिनगरमा विरोध

नेपाल भुमिहिन सुकुम्बासी संगठन शान्तिनगर गाउँ कमिटीको आयोजनामा शान्तिनगर ४ को जुम्लेकुलामा बिरोध कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बक्ताहरुले लाखौ भुमिहिन सुकुम्बासीहरुलाई आयोग खारेजी गरि अन्याए गरेकोले त्यसका विरुद्धमा सडकमा आउन सबै भुमिहिन सुकुम्बासीहरुलाई आग्रह गरिएको छ।

नेकपा एमाले शान्तिनगर गाउँ कमिटीका अध्यक्ष धन बहादुर केसिको सभापतित्व एबं नेकपा एमाले प्रदेस कमिटी सदस्य टोपेन्द्र केसिको प्रमुख आतिथ्यतामा भएको बिरोध कार्यक्रममा नेकपा एमाले शान्तिनगरका इन्चार्ज बिष्णु केसी, पुर्ब वडा अध्यक्ष बालाराम ओलिले बोलेका थिए भने कार्यक्रम को संचालन गाउँ कमिटीका सचिब टिकाराम रिजालले गरेका थिए।