दाङमा एक जनाको हत्या : श्रीमती र छोरा पक्राउ

दाङ, १५ चैत ।
दाङमा एक जनाको हत्या भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नम्वर २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिनुभयो ।

हत्यामा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरिएको छ । हत्या आरोपमा मृतक सुनारकै छोरा १७ वर्षिय शिवराज सुनार र श्रीमती वर्ष ३६ की चन्द्रा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताउनुभयो ।


मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । घटना मंगलबार साँझ ७ बजेतिर भएको हो । मदिरा सेवन गरेको अवस्थामा श्रीमान-श्रीमतीबिच विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतकको शबसलाई पोस्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।