गठबन्धन तुलसीपुर- ४ का उम्मेदवार थापा भन्छन्‘विकृति, विंसंगतिका विरुद्ध मेरो उम्मेदवारी’

तुलसीपुर, २४ वैशाख ।

गठबन्धनका तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का उम्मेदवार तुलसी थापाले वडाको विकृति,विसंगतिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् । जनताको घरदैलोमा जाने क्रममा उनले जनतासंग निवर्तमान वडाध्यक्षले वडामा सुशासन कायम गर्न नसकेको, भ्रष्टाचार बढाएको भन्दै त्यसका विरुद्ध गठबन्धनले आफूलाई उम्मेदवार बनाएको बताएका हुन् ।


उनले आफूले मान्छेका दैनिक समस्यालाई हल गर्ने समेत बताएका छन् । वडामा निर्वर्तमान अध्यक्षले गरेका कमीकम्जोरीबाट पाठ सिक्दै आगमी दिनमा सकारात्मक कामलाई अगाडी बढाउने समेत बताए ।