मावि सेन्टरमा अप्टिमिष्टको मनोपरामर्स कक्षा

तुलसीपुर, ९ मंसिर ।
दाङको तुलसीपुर स्थित  मावि सेन्टरमा अप्टिमिष्ट क्लबले विद्यार्थीहरुलाई मनोसामाजिक परामर्स प्रदान गरिएको छ । विहीबार एक कार्यक्रम गरि विद्यार्थीहरुलाई मनापरामर्स प्रदान गरिएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा,युवा तथा खेलकूद महाशाखा तुलसीपुरका प्रमुख चक्र बहादुर भण्डारी, सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेल, क्लवका बरिष्ठ सल्लाहकार मेघराज घिमिरे र सल्लाहकार बिष्णु प्रसाद देवकोटालगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले बालक राम्रो विरुवा भएको र बालकमा फक्रिने, फुल्ने र आकर्षण गर्ने थुप्रै क्षमता रहने बताए । त्यसैले बालकलाई परिवार, समाज, शिक्षालयमा रहेका मानिसले मालिको काम गरिदिनु पर्ने बताए ।
तर, परिवार, समाज,शिक्षालयको यो भूमिका कमजोर हुँदा बालबालिकामा मनोसामाजिक समस्या पैदा हुने भन्दै यस्तो कार्यक्रमले बालबालिकामा हुने त्यस्ता समस्या अन्त्य गर्ने उनको भनाई थियो ।

बालकको शैक्षणिक उपलब्धिमा उसको प्रतिभा, शिक्षकको दक्षता तथा परिवेशले प्रभाब पार्ने मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक पौडेलले बताए । बालकको क्षमता निर्माण भएको जगभन्दा बढी आशा राख्दा बालकमा हीनताको श्रोत पैदा हुने, तनाव बढ्ने र मनोसामाजिक समस्या पैदा हुने हुँदा यसमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।


उनले बालबालिकालाई अनौपचारिक तरिकाबाट अतिरिक्त क्रियाकलापको माध्यमबाट, सामाजिक अध्ययनको माध्यमबाट, गीत, कविता, नाटक, खेलकुद, श्रव्य, दृश्य सामाग्री, मल्टिमेडियाको प्रयोगबाट आवश्यकतामा आधारित शिक्षाको प्रबन्ध गर्न सकिन समेत बताए ।

उपाध्यक्ष कमल सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा शरण जीएमले अप्टिमिष्ट आस्था वाचन गरेका थिए, भने सचिब एकराज भण्डारीले सहजीकरण गरेका थिए ।