
दाङ,२४ पुस ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लामो मेहनत र प्रयासपछि एमबिबिएस पढाई सुरु भएपछि जिल्लामा चहलपहल सुरु हुन थालेको छ । यसपालि प्रतिष्ठानका रजिस्ट्रारमा प्रा। श्याम लम्साल नियुक्त भएर आएपछि पहिलोपटक दाङको प्रतिष्ठानले एमबिबिएस पढाई सुरु भएको हो । रजिस्ट्रार नियुक्त भएपछि लम्सालले एमबिबिएसको लागि धेरै पटक पहल र समन्वय गरेर सार्थक निष्कर्षमा पुर्याउनु भएको हो । प्रतिष्ठानमा एमबिबिएस अध्ययन गर्न दोस्रो ब्याजमा बिद्यार्थीहरु भर्ना भइसकेका छन। रजिस्ट्रार लम्सालले आफ्नै पालामा एमबिबिएसमा चिकित्सा शिक्षा आयोगमा सिट संख्या बढाउने लक्ष्य लिएको बताउनु भयो ।
चिकित्साक्षेत्रको हब बनाउने आफ्नो उदेश्य रहेको भन्दै यसमा दङ्गालिले साथ, सहयोग दिनुपर्ने बताउनु भयो । हाल एमबिबिएसको सिट संख्या ५० रहेको छ । आगामी दिनमा यसलाई एक सय सिट पुर्याउने प्रतिष्ठानको लक्ष्य रहेको र यसका लागि ४ सय बेडको अस्पताल भबन बनाउने कामलाई तिब्रता दिनुपर्ने रजिस्ट्रार लम्सालले बताए ।
एमबिबिएसको पहिलो बर्ष बिदेशी विद्यार्थी प्रतिष्ठानमा एक जना मात्रै आएकोमा अहिले दोस्रो ब्याजमा ४ जनाको सिटमा सबै आइसकेको उहाँले जानकारी दिनु भयो । राप्ती प्रतिष्ठानमा अहिले विदेशी विध्यार्थीको आकर्षण बढेको हो । चिकित्सा शिक्षाको उच्च गुणस्तर कायम गरेको, बेसिक साइन्समा अनुभवी शिक्षक नियुक्त गरेको, एमबिबिएस र नर्सिङ अध्यनरत छात्र छात्राले प्रतिष्ठानको अध्यापन विधिको प्रसंसा गर्नुको साथै प्रचार प्रसार गरेकाले बिदेशी बिद्यार्थीको आकर्षण बढेको प्रतिष्ठानले जनाएको छ ।
विदेशी विद्यार्थीको शुल्क ४६ लाख भारतीय रुपैया रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा स्नातकोत्तर तहमा पनि विभिन्न बिषयमा पढाई पनि सुरु भएको छ ।



लाइभदाङ । २४ पुष २०८२, बिहीबार ०८:५३ बजे