
तुलसीपुर, १८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित त्रिदेव सेकेन्डरी इग्लिस बोर्डिङ स्कुलको ३० औँ वार्षिकोत्सव तथा अभिभावक भएको छ ।
शनिबार अध्यक्ष तिलकराम खड्काको अध्यक्षता तथा प्यावसन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा कलाकार सन्दिप सेन्चुरीले ‘मकै बारी द¥याम, द¥याम’ जस्ता गीतहरुले शिक्षिका र विद्यार्थीहरुलाई नचाएका थिए ।
त्यस अवसरमा प्रमुख अतिथि न्यौपानेले विद्यालयले ३० वर्षको यात्रामा शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
विद्यालयले घोकन्ते विद्या मात्रै नभई ब्यबहारिक शिक्षा दिन आबश्यक रहेको भन्दै यस विद्यालयले शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा तुलसीपुर ७ का वडाध्यक्ष रामबहादुर जीसीले विद्यालयलले जनशक्ति उत्पादनमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
कार्यक्रममा काँग्रेस नेता कीर्ति बहादुर खड्का, पूर्व वडाध्यक्ष टोपबहादुर केसी, तुलसीपुर नगर प्यावसनका अध्यक्ष डम्बर डाँगी, ध्रुब गौतम, सुरेन्द्र खड्का, पुष्पराज गिरी, निमकुमार श्रेष्ठ, निर्मल बस्नेत, विद्यालयका प्रधानाध्यापक मनोज हमाललगायतको सहभागिता रहेको थियो।
विद्यालयका सह–प्रधानाध्यापक पद्मा शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण नोकिराम ओलीले गरेका थिए ।



लाइभदाङ । १९ माघ २०८२, आईतवार १०:४० बजे