बेलझुण्डीमा एक कोरोना संक्रमितको मृत्यु

तुलसीपुर
२४ साउन  / दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी ७९ बर्षीया महिलाको मृत्यु भएको हो ।

उनको आज विहान ८: २० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए । ति महिला साउन १५ गतेदेखि आईसियुमा उपचाररत थिईन् ।


उनमा निमोनियासंगै श्वासप्रश्वासमा पनि समस्या थियो । अहिले अस्पतालको आइसियुमा ६ जनाको उपचार भइरहेको छ ।