शनिबार तुलसीपुरका बिभिन्न स्थानमा विद्युत नआउने

तुलसीपुर, ११ जेठ । शनिबार तुलसीपुरका बिभिन्न स्थनमा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुरदेखि फूलबारीसम्म विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।

एयरपोर्ट र फूलबारी फिडर अन्तर्गतका ठाउँमा विद्युत अवरुद्ध हुने छ । एयरपोर्ट फिडर अन्तर्गतका गाइडहर, गोरखा बोर्डिङ, अटोभिलेज, क लाइन, ग लाइन, बाहिनी चोक, एयरपोर्ट लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।

यस्तै फूलबारी फिडर अन्तरगतका टरिगैँ, जसपुर, शितलपुर, रनियापुर, गाइखुट्टी, सिमलखुट्टी लगायतका ठाउँमा विद्युत अवरुद्ध हुने कार्यालयले सूचना जारी गरि जानकारी दिएको छ ।


बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको भएपनि समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने छ ।