रास्वपाको तुलसीपुरका १९ वटै वडामा नेतृत्व चयन

तुलसीपुर, ३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तुलसीपुरका १९ वटै वडामा नेतृत्व चयन गरेको छ ।

पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार आईतवार तुलसीपुर उपमहानगरपालिकाका सबै वडामा वडाको भेला गरि नेतृत्व चयन गरेको जिल्लाका संगठन बिभाग प्रमुख क्षेत्र खड्काले बताए ।


उनका अनुसार भेलाले वडा नम्वर १ को सभापतीमा दोमकान्त बस्याल, वडा नम्वर २ को सभापतीमा शोभाराम योगी, वडा नम्वर ४ मा बासुदेव पोखरेल, वडा नम्वर ५ मा क्षेत्र प्रविण भण्डारी , वडा नम्वर ६ मा गोकर्ण तिवारीलाई चयन गरिएको छ । त्यस्तै वडा नम्वर ७ मा तिर्थराज पोख्रेल, वडा नम्वर ८ मा दुर्गा डाँगी, वडा नम्वर ९ मा अम्मर बुढाथोकी, वडा नम्वर १० मा ओम बहादुर बस्नेत, वडा नम्वर ११ मा किरण बस्नेत, वडा नम्वर १२ मा प्रकाश सिंह ठकुरी, वडा नम्वर १३ मा सिताराम आचार्यलाई चयन गरिएको छ ।

त्यस्तै वडा नम्वर १४ मा खुसल खड्का , वडा नम्वर १५ मा दिनेश पौडेल, वडा नम्वर १६ मा शेर बहादुर डाँगी, वडा नम्वर १७ मा महेन्द्र बस्नेत , वडा नम्वर १८ मा शिबराज खत्री र वडा नम्वर १९ मा ज्ञानेन्द्र पोखरेललाई सभापतीमा चयन गरिएको छ ।