तुलसीपुर १८ मा गठबन्धनको चुनावी अभियान तिब्र

तुलसीपुर
२१ वैशाख / गठबन्धनले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा चुनावी अभियान तिब्र बनाएको छ ।

बुधबार घरदैलो अभियान गरेको छ । वडाध्यक्षका उम्मेदवार पूर्णबहादुर डाँगी, महिला सदस्यका उम्मेदवार चित्रा धिताल, दलित महिला सदस्य सुनिता दमाई, सदस्य धनबहादु डाँगी र बिदुर गौतमसहित पार्टीका नेता तथा कार्यकर्ताहरु घरदैलोमा पुग्ने गरेका छन् ।


त्यस अवसरमा अध्यक्ष डाँगीले वडामा आफूले जित हात पारेमा वडालाई भ्रष्टाचार मुक्त बनाउनुकासाथै समृद्ध वडा बनाउने बताए । आफूले विगतका सरकार जस्तो एकपक्षिय ढंगले काम नगरि सबैको साझा भएर काम गर्ने बताए ।