
दाङ,१० साउन ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको घोराही उपमहानगरपालिका–७, सौडियार निवासी सन्दीप खड्कालाई लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको छ।
खड्का उच्च शिक्षा तथा अन्तर्राष्ट्रिय परियोजना व्यवस्थापन क्षेत्रमा अध्ययन गरेका युवा हुन्। उनले बेलायतस्थित York St John University, London बाट MSc in International Project Management, Himalayan College of Management बाटMBA in Banking and Finance तथा Shanker Dev Campus बाट BBA उत्तीर्ण गरेका छन्।
योजना, व्यवस्थापन तथा वित्तीय क्षेत्रको शैक्षिक अनुभवका आधारमा खड्काको नियुक्तिले प्रदेशको विकास योजना निर्माण, नीति तर्जुमा तथा प्रभावकारी कार्यान्वयनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
उनको नियुक्तिप्रति दाङसहित विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुबन चौधरीले असार २४ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले खड्कालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । हालै रिक्त रहेको योजना आयोगको सदस्यमा खड्कालाई नियुक्त गर्ने मन्त्रीपरिषदको निर्णय भएको र टिप्पणि उठेर अघि बढेसकेकोमा प्रदेशको मुख्य सचिबले मन्त्रीपरिषद निर्णयको पत्र दिन ढिलाई भइरहेको सदस्य चौधरीले बताए ।



लाइभदाङ । १० श्रावण २०८३, आईतवार १७:२३ बजे