नेसनल प्याब्सन दाङले मनायो २६ औ स्थापना दिवस

दाङ, २८ पुष ।
नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाङिको प्रमुख आतिथ्यता एवम् केन्द्रिय सदस्य प्रकाश शर्मा र भिम बहादुर बुढाथोकीको बिशिस्ट आतिथ्यतामा मानवसेवा आश्रममा बस्नु भएका करिब ७५ जना बुवाआमा तथा दाजुभाइहरुलाई एक छाकको खाना अर्पण गरेर नेसनल प्याब्सनको २६औ स्थापना दिवस मनाइएको छ।  तुलसीपुर -६ गाइडहर स्थित मानवसेवाको प्राङ्गणमै गएर नेसनल प्याब्सनले आफ्नो कार्यक्रम गरेको हो। उक्त अवसरमा विशेष अतिथिको तर्फबाट बोल्दै मानवसेवा आश्रम दाङका प्रमुख गिरु जोशीले नेसनल प्याब्सन दाङलाई धन्यवाद ब्यक्त गर्नु भयो।अध्यक्ष भोजराज न्यौपानेले आश्रममा बसेका साना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाका लागि नेसनल प्याब्सन दाङ अन्तरगत विद्यालयमा निशुल्क अध्ययन गर्ने वातावरण मिलाउन आफू तयार रहेको बताउनु भयो। कार्यक्रममा निवर्तमान अध्यक्ष बिमल गौतम, प्रेस सल्लाहकार शरद रेग्मी, रेडियो नेपालका दाङ सम्बादाता टेकराज भण्डारी, डिभाईन इन्स्टिच्युटका हिमाल डागि  लगायत जिल्ला कार्यसमितिका पदाधिकारी, विभिन्न पालिका कार्यसमितिका सरहरु सहित दुई दर्जन बढी विद्यालय संचालक प्रीन्सिपलहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम पश्चात् सबैजना नेसनल प्याब्सन दाङले आयोजना गएको सामुहिक रात्रीभोजमा सहभागी भएका थिए।