‘तुलसीपुर १३ मा माओवादी केन्द्र एकजुट छ’

तुलसीपुर
२१ वैशाख / तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा माओवादी केन्द्र एकजुट रहेको छ ।

पार्टीका वडा इञ्चार्ज सञ्जय नेपालीले एक विज्ञप्ति जारी गरि उनले केही ब्यक्तीले फुलवारीमा पार्टी शून्य भएको र सबै एमालेमा प्रवेश गरेको भनि गलत प्रचार गरेको भन्दै त्यसको घोर निन्दा समेत गरेका छन् ।

वडा कमिटिको बैठकले पार्टीको हित विपरित काम गर्ने देबबहादुर बिक, दिलबहादुर खड्का,बाबुराम विक र काँसिराम खड्कालाई साधारण सदस्य समेत नरहने गरि कारवाही समेत गरेको छ । साथै इञ्चार्ज नेपालीले विज्ञप्ति जारी गरि पार्टी एकजुट भएको र कोही कतै विचलित नभएको समेत बताएका थिए ।.


यसैबीच पार्टीका जिल्ला समन्वय समिति सदस्य पूर्ण खड्काले आफूलाई पनि एमालेमा गएको भनि गलत प्रचार गरेको भन्दै आपत्ति जनाए । सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै उनले आफू कतै नगएको समेत बताए ।

No photo description available.