विदेशमा गएका युवाहरूले गाउँलाई गरे साढे दुई लाख बढी सहयोग

टेकराज भण्डारी,
सल्यान, ४ बैशाख ।
सल्यानको बागचौर नगरपालिका वडा नं. ५ धारापानि स्थित विदेश बस्ने युवाहरुले गाउँको विकासका निम्ति गाउँमा भएको क्लवलाई सहयोग गरेका छन् । क्लवका प्रमुख आयोजक रवी के.सीका अनुसार विदेश गएका युवा हरूले साढे दुई लाख भन्दा बढी पैसा क्लवलाई सहयोग गरेको बताए ।

विदेशमा बस्ने युवाहरुले आफ्नो गाउँको विकासका निमित्त क्लवलाई आर्थिक सहयोग गरेको बताए । विदेशको संयोजक अमेरिकामा बस्ने रवि के.सीले गरेका थिए, भने स्वदेशको संयोजक टिकाराम के.सीले गरेका थिए । जम्मा भएको रकमले क्लवको एक घर र अन्य विवाह, ब्रतबन्धमा चाहिने सरसामान खरिद गरिएको के.सीले बताए ।

२०७३ सालमा स्थापना भएको क्लब सक्रिय हुन सकेको थिएन । विदेशमा रहेका युवाहरुको पहलमा गाउँ समाजको लागि केहि गर्नुपर्छ भन्ने सोचका साथ क्लवलाई युवाहरूले अगाडि बढाएका छन् ।