लमही महोत्सवको मुख्य प्रायोजकमा लमही गुरुकुल

घोराही, ५ माघ ।
देउखुरीमा आज देखि हुन लागेको लमहि महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल एकेडेमी लमहि रहेको छ । गुरुकुल एकेडेमी ग्रुपका अध्यक्ष ई. अनन्तराज घिमिरे र लमहि च्याम्बरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक सितल भुषालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गुरुकुल एकेडेमी लमही मुख्य प्रायोजक बनेको हो । यहि आउदौ शैक्षिक सत्र २०८१ बैशाखबाट संचालनमा आउन लागेको गुरुकुल एकेडेमी लमहिले लमहिमा आयोजना हुन लागेको लमहि दोस्रो कृषि पर्यटन, उद्योग तथा ब्यापारीक महोत्सव २०८० लाई मुख्य प्रायोजन गरेको हो । शिक्षालाई हरेक क्षेत्रसंग जोड्दै लगेको गुरुकुल एकेडेमीले विभिन्न खेलकुद कार्यक्रम तथा शिक्षासंग जोडिएका हरेक क्षेत्र लगायत महोत्सवहरुमा पनि यसरी प्रायोजन गर्दै आएको छ । शिक्षासंगै संस्कार र सस्कृति पनि जोडिएको हुदा यसको संरक्षण गर्न पनि गुरुकुल एकेडेमिले प्रायोजन गर्ने गरेको गुरुकुल एकेडेमीले बताएको छ । यस अघि थारु कला संस्कृतिको जगेर्ना तथा संवर्धन भन्ने मुल नाराका साथ तुलसिपुरमा भएको माघि महोत्सवमा पनि गुरुकुल एकेडेमी तुलसिपुरले मुख्य प्रायोजन गरेको थियो । गुरुकुल एकेडेमी लमहिद्धारा प्रायोजन गरीएको लमहि महोत्सव माघ ५गते देखि १७ गते सम्म चल्ने छ भने महोत्सवको उद्धाटन लुम्बिनि प्रदेशका मुख्यमन्त्रि डिल्लि चौधरीले गर्नु भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिमा आउदो शैक्षिक सत्रबाट कक्षा प्लेग्रुप देखि कक्षा ९ सम्म संचालन हुनेछन । गुरुकुल एकेडेमीको बारेमा जानकारी लिनका लागि महोत्सवमा रहेको फोटो बुथ अथवा ९८५१२४०३६३ मा सम्पर्क गर्न पनि विद्यालयका मार्केटिङ प्रमुख शुदाम्शं जिसिले बताउनुभयो ।