वडा नं. ३ गठवन्धन दलको घरदैलो कार्यक्रम जारी

तुलसीपुर,१९ वैशाख ।

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा चुुनावी प्रचारप्रसार कार्यक्रमलाई तिव्र बनाइएको छ । आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस सहितको गठवन्धनको टोली यतिवेला तुलसीपुर उपमहानगरपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गर्दै आएको छ । स्थानीय तहको निर्वाचन जनताका भावना बुुझ्ने माध्यम भएकाले तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उममेद्वार गेहेन्द्र गिरी, उपमेयर पदका उममेद्वार जोग बहादुर राणा सहितको टोली घरदैलो अभियानमा व्यस्त छ । घरदैलो कार्यक्रम अन्र्तगत सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँमा गठवन्धन दलले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भइरहेको छ ।


नेपाली काँग्रेस वडा नं. ३ का सभापती झुुपलाल वलीको सभापतित्वमा भइरहेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूूर्व सिचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्रीय सल्लाहकार शेसुराम भण्डारीको विशिष्ट आतिथ्यता एवं नेकपा समाजवादी केन्द्रीय सचिव भागवत विश्वासी,राष्ट्रिय सभा सदस्य अनिता देवकोटा,चुडामणी देवकोटा लगायतले घरदैलो कार्यक्रमलाई सम्वोधन गर्नेछन ।