संस्थागत फुट्सलको उपाधी रोट्र्याक्ट क्लब तुलसिपुरलाई

लक्ष्मण बस्नेत
१८ वैशाख दाङ ।

दाङको तुलसिपुर संचालित एस एस एफए संस्थागत फुट्सल प्रतियोगिता २०७९ को उपाधी रोट्र्याक्ट क्लब तुलसिपुरले जितेको छ ।
स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको आज सनिवार सम्पन्न फाईनल खेलमा बैंकर्स क्लब तुलसिपुर लाई ३ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउदै रोट्र्याक्ट क्लब तुलसिपुरले उपाधी जितेको हो । उपाधी संगै उसले नगद ३० हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजित तुलसिपुर बैंकर्स क्लब उपबिजेतामा सिमित रहदै १५ हजारमा चित्त बुझाउन बाध्य भयो ।


दुई दिन सम्म संचालित प्रतियोगितामा तुलसिपुर क्षेत्रमा स्थापित ८ संस्थागत टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक भिम बिकले जानकारी दिनु भएकोछ । यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसिपुरका अध्यक्ष पवन कुमार योगिको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ तुलसिपुर बैंकर्स क्लबका सन्तोष बुढाथोकी सर्बोउत्कृष्ट खेलाडी, बैकर्स क्लबकै दुर्गा ओलि सर्वाधिक गोल कर्ता र माछापुच्छ्रे बैंकका सन्तोष ओलि उत्कृष्ट गोल रक्षक घोषित भए । उत्कृष्ट तिनै जनालाई जनही एक हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन एकाडेमिका सचिव संजय कुमार गुप्ताले गर्नु भएको थियो ।