कोरा च्यालेन्जमा उठेको रकम दिदी घरका असहाय वालबालिकालाई सहयोग

तुलसीपुर
१९ भदौ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित दिदी घर संस्थालाई कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । दाङ कोरा च्यालेन्जमा संकलन भएको रकमले उक्त संस्थामा रहेका वालवालिकाहरुलाई सहज होस्, भनि न्यानो कपडा तथा शैक्षिक सामग्रीहरु वितरण एक सय किलोमिटरका राईडर विमल कुमार पौडलले बताए ।

जिल्ला साईकल एसोसिएसनका अध्यक्ष रेशम केसीको अध्यक्षता तथा तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम गरि सहयोग गरिएको हो ।

त्यस अवसरमा साईकल एसोसिएसनका उपाध्यक्ष खुम बहादुर न्यौपाने, जेसिजका पूर्वध्यक्ष मेघराज घिमिरे, ग्रेट अरनीकोका अध्यक्ष मानबहादुर बस्नेत, लिटिल ह्याभनका प्रिन्सीपल कमल सापकोटा, चुडामणी रजौरे, हेमेन्द्र खड्का र बिमल कुमार पौडेललगायतको सहभागिता रहेको थियो ।


कार्यक्रमको सहजीकरण दामोदर न्यौपानले गरेका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'