देउखुरीको एक घरमा आगलागी हुँदा करिव ६ लाख बराबरको क्षति

भालुवाङ, २९ कात्तिक ।
दाङको देउखुरीमा गएराती एक घरमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती स्थित ताराबहादुर खत्रीको खरको छाना भएको फुसको घरमा गएराती नौ बजेतिर विद्युत सर्ट भई आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभयो ।

आगलागी हुँदा घर जलेर नष्ट भएको खरानी भएको छ । आगलागीबाट घरभित्र रहेको नगद ३० हजार, लत्ताकपडा, अन्नपात, कागजपत्र गरि करिव ६ लाख बराबरको क्षति भएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।


आगोलाई स्थानीय, इलाका प्रहरी कार्यालय भालुवाङ र प्रहरी चौकी मसुरियाका प्रहरी जवान, म्यादी प्रहरीले १ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।