यी हुन्, दाङबाट फिर्ता लिएका उम्मेदवारहरु ?

तुलसीपुर
१५ वैशाख / दाङबाट ७ जना स्थानीय तह प्रमुखले उम्मेदवारी फिर्ता लिएका छन् ।
स्वतन्त्रबाट घोराही उपमहानगरपालिकाको मेयरमा मनोनयन दर्ता गरेका श्रीमणकुमार शर्मा, तुलसीपुरबाट स्वतन्त्रबाट धर्मराज पाण्डे, स्वतन्त्रबाट दंगीशरण गाउँपालिकाका अध्यक्षमा मनोनयन गर्दा गरेका कष्णबहादुर चौधरी, कर्णबहाुर खत्री तथा एकीकृत समाजवादीका जोति प्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

त्यस्तै एकीकृत समाजवादीबाट राप्ती गाउँपालिकाको अध्यक्षमा मनोनयन गर्दा गरेकी सीता नेपाली, राजपुर गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा मनोनयन दर्ता गरेका सूर्यबहादुर यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै माओवादी केन्द्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दर्ता गरेकी मनकुमारी महत, जनता समाजवादी पार्टीबाट राप्ती गाउँपालिकाको उपाध्यक्षमा मनोनयन दर्ता गरेकी दिपशिखा न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन ।


यो संगै दाङबाट दुई सय १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा तुलसीपुर उपमहानगरपालिकाका सबै भन्दा धेरै रहेका छन् ।

तुलसीपुरका एकसय ३०, घोराहीका १८,बबई गाउँपालिकाका १४, दंगीशरण गाउँपालिकाका १३, राप्ती गाउँपालिकाबाट ९, गढवा गाउँपालिकाका ८,लमही नगरपालिकाका ७, राजपुर र शान्तिनगर गाउँपालिकाका ५÷५ तथा बंगलाचुली गाउँपालिकाका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिएकाहरुको नामवली हेर्न यहाँ क्लिक गर्नुहोला