प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी प्रतियोगितामा आज प्रिती आले आउने

तुलसीपुर, २ कार्तिक ।
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी प्रतियोगितामा दिनदिनै रौनक बढ्दै गएको छ । प्रतियोगितामा आज पनि चर्चित गायिका प्रिती आले लगायत राष्ट्रिय तथा स्थानीय कलाकार आउने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।

हिजो चर्चित गायिका एलिना चौहान, चर्चित गायक कृश क्षेत्र, लोक गायिका अणु राना मगर, गोमा रिजाल, विपना परियार लगायत स्थानीय कलाकारले धमकेदार प्रस्तुती राखेका थिए ।

असोज २८ गते शुक्रबारदेखि जारी प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् । मेलामा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ । मेलामा लोक नृत्य प्रतियोगिताको लागि अडिसन पनि संचालन भइरहेको छ ।

स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ शुक्रबारदेखि संचालन भएको मेला कातिक ११ गतेसम्म संचालन हुनेछ ।


कार्यक्रममा लोक नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम संचालन भइरहेको छ । नृत्य प्रतियोगितामा प्रतियोगितामा मंगलबार पाँच जना छनौट भएका छन् ।

पुजा सिंह, जीविका रेउले, निशिका भण्डारी, जीवा बुढाथोकी, सावित्रा विक उत्कृष्ट पाँचमा परेका छन्, भने समिता बुढामगर, दुर्गा विक, हिरा बुढामगर र पूर्णिमा केसी भोलि बिहिबार अडिसनमा सहभागी हुने भएको छन् ।

प्रतियोगितामा भाग लिन अब दुई दिनमात्र बाँकी रहेको संयोजक बुढाथोकीले बताउनुभयो । नृत्य प्रतियोगिताका लागि असोज ४ गतेसम्म भाग लिन सकिने उहाँले बताउनुभयो ।

प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ ।