अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्छ: पोखरेल

दाङ
१५ वैशाख / नेकपा एमालेका महासचिब शंकर पोखरेलले अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्ने बताए । प्रेस चौधरी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताए ।‘

अदालतका माध्यामबाट मुलुकको राजनीतिक फैसल गर्ने जुन प्रकारको परम्परा थालनी गर्न खोजिएको छ । राजनीतिलाई अदालत भित्र प्रवेश गराउने, राजनीतिमा अदालत प्रवेश गर्ने सत्ता गठबन्धनले जुन परिस्थिति ल्याएको छ’,उनले भने‘यो लोकतन्त्रकालागि हानिकारक छ, सत्ता गठबन्धन पनि यसकै उपज हो ।’


अहिलेको चुनाबी गठबन्धन सत्ता स्वार्थकालागि भएको समेत उनले बताए । गठबन्धनमा कुनै लक्ष्य उद्देश्य नभएको भन्दै यो गठबन्धन एमालेलाई जितबाट रोक्न् गठबन्धन भएको समेत बताए ।

एमालेले राजनीति पेशा वा ब्यबसाय बन्नु पर्छ, भन्ने मान्यतालाई अन्त्य गर्नुपर्छ भन्ने मान्यता अनुरुप उम्मेदवार बनाएको समेत बताए । एमालेकै नेतृत्वमा ठूला–ठूला प्रोजेक्टहरु अघि बढेको बताए ।