सागर रोका
देउखुरी, १३ बैशाख ।
नेकपा एमालेबाट राजपुर गाउँपालिका वडा नम्बर-७ को वडा अध्यक्षमा पूर्ण रोकाले उम्मेदवारी दिनु भएको छ । भने नेपाल भारत सिमाना नाका क्षेत्र लगाएत समग्र रूपमा राजपुर गाउँपालिका तथा वडाको विकास गर्ने उदेश्यले पुर्ण रोकालाई पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।
सोमवार निर्वाचन अधिकृतको कार्यालय पुगेर गाउँपालिका अध्यक्षमा कुलराज गिरी,उपाध्यक्षमा सीता यादव सहित वडा नम्बर-७ को वडा अध्यक्ष पदमा रोकाले मनोनयन दर्ता गर्नु भएको हो । एमालेको सरकार हुँदा राजपुर-७ मा थुप्रै बजेट तथा कार्यक्रम लागू भएको थियो । त्यस्तै गरेर विशेष गरेर नेपाल भारत सिमाना मा पर्ने नाका क्षेत्रको विकासलाई लिएर पुर्ण रोका यश पार्टीमा सहभागी भएर नाका क्षेत्रको त्यो समस्यालाई लिएर उहाँ आफ्नै वडा मा रहेर बिकास का कामहरु समेत उहाँको त्यो सपना त्यस्तै गरेर नाका को पूर्व पश्चिम नाका स्तरिय सडकलाई राष्ट्रिय गौरवको नाममा आयोजना गर्ने र नाका का बासीहरुलाई बिकासको लागि अगाडी बद्ने समेत उहाको सपना रहेको छ । नाकाको त्यो बाटोलाई भित्र पारेर कालोपत्रे गर्ने लगायतका योजनाहरु समेटिएका छन् ।
लाइभदाङ । १३ बैशाख २०७९, मंगलवार १५:४७ बजे