आचारसंहिता कार्यान्वयनमा युवाहरुको प्रतिबद्धता

सुशील बस्नेत
दाङ,१३ बैशाख । 

स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्न दाङका बिभिन्न राजनीतिक दलका युवाहरुले प्रतिबद्धता जनाएका छन् ।
संबाद समूह दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको स्थानीय तह निर्वाचन : निर्वाचन आचार संहिता कार्यान्वयनका लागि युवाहरुसँगको संबादमा निष्पक्ष,धाँधलीरहित,बिश्वसनिय,मर्यादीत र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न जारि आचार संहिता कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका हुन ।

संबाद कार्यक्रम मार्फत आचार संहिता कार्यान्वयन गर्ने र गराउने प्रतिबद्धता जनाउनेमा नेपाल तरुण दल दाङका सचिब धु्रव आचार्य,वाईसिएल नेपालका जिल्ला संयोजक माधब बुढाथोकी,अखिल नेपाल युवा संघका सहसचिब जनक भण्डारी, राष्ट्रिय युवा संघका अध्यक्ष देबु बस्नेत, नेकपा एकिकृत समाजबादीका युवा नेता रमेश परियार,राप्रपाका युवा मनिष शाह,जनता समाजबादी पार्टीका गिता देवकोटा थापा,राष्ट्रिय जनमुक्ति पार्टीका सीता चौधरी,नेकपा बिप्लप नेतृत्वका जिल्ला संयोजक जीबनी चौधरीले आचार संहिता उल्घंन हुन नदिन नगराउने प्रतिबद्धता जनाउनुभएको हो ।

आचार संहितालाई बेवास्ता गर्ने,आचार संहितामा गर्न हुन र गर्न नहुने बारेमा राजनीतिक दलका नेतृत्व तहदेखि युवा पंक्तिले समेत अध्ययन गर्ने बानी कमि भएकाले पनि उल्घंन गर्ने होडबाजी चल्ने गरेको उहाँहरुले बताउनुभयो । अचार संहिता उल्घन पछि कारर्बाही गर्ने निकायले बिश्वस्त हुने गरि कार्य नगरेका कारणले पनि आचार संहिता उल्घंन गर्ने होडबाजी चल्ने गरेको युवाहरुको भनाई छ । तर अव उल्घंन गर्ने होडबाजि होईन पालना गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिर्दै आ आफ्नो संघसंगठनमा लागु गर्ने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले स्थानीय तह निर्वाचन आचार संहिताका कार्यान्वयनका बिषयका ब्यबस्था बारेमा प्रष्ट्याउनु भएको थियो । भने संबाद समूहका सदस्य सम्झना डाँगीले स्थानीय तह निर्वाचन आचार संहितामा दलहरुले लागु गर्नुपर्ने आचार संहितका बुँदाहरु बाचन गर्नुभएको थियो ।

त्यस अवसरमा संबाद समूहका सदस्य सुशीला पौडेल , हुमाकान्त कँडेल र ठाकुर रोकाले संबाद समूहले सञ्चालन गर्ने अभियानका बारेमा बताउनुभएको थियो ।

कार्यक्रमको सहजिकरण सहजकर्ता निर्मल नेपालीले गर्नुभएको थियो । संबाद समूहले यसअघि स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनका लागि राजनीतिक दल,निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग संबाद गरेको छ ।