विप्लव नेकपाद्वारा दाङमा स्वतन्त्र उम्मेदवारी दर्ता

तुलसीपुर
१३ वैशाख / विप्वल नेतृत्वको नेकपाले तुलसीपुरमा स्वतन्त्र उम्मेदवारी खडा गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदमा तुलसीपुर खेमराज वलीले उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन्, तर विप्लव नेकपाले समर्थन गरेको छ । वली तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निवर्तमान अध्यक्ष समेत हुन् ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा बालकृष्ण खराल,वडा नं.५ बाट प्रेम बुढा,वडा नं.७ बाट भिम बहादुर डाँगी(किरण),वडा नं.९ बाट इश्वरी प्रसाद पाण्डे,वडा नं. १२ बाट कुल बहादुर वली(प्रतिरोध),वडा नं. १४ बाट मीन प्रसाद ढकाल(अरबिन्द),वडा नं. १५ बाट सुन्दर विक(सुशील) र वडा नं. १९ बाट खड्क बहादुर वलीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।

यस्तै नेकपाको समर्थनमा गढवा गाउपालिकाको अध्यक्षमा गणेश चौधरीले उम्मेदवारी दिएका छन। चौधरीले । यस्तै गढवा गाउपालिकाको वडा नं. १ मा नेकपाको समर्थनमा यज्ञ बहादुर कुमालले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन। पालिकाका वडा नं.५,६ र ७ मा पनि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा रहेको जनाइएको छ।


यस्तै घोराही उपमहानगरपालिकामा पनि नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन। उपमहानगरपालिकाको वडा नं.१२ बाट नर बहादुर बोहरा र वडा नं. ९ बाट भुपेन्द्र वली(हिमाल)ले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन।

यस्तै शान्तिनगर गाउपालिकाको वडा नं. ३ बाट नेकपाको समर्थनमा मनोज परियारले स्वतन्त्र वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । बबई गाउपालिका वडा नं.४ बाट नेकपाको समर्थनमा हरि प्रसाद शास्त्रीले स्वतन्त्र वडा अध्यक्षमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

यस्तै नेकपाको समर्थनमा राजपुर गाउपालिकाको अध्यक्षमा सर्जु यादवले उम्मेदवारी दिएका छन् । यस्तै राजपुर गाउपालिकाको वडा नं.१ बाट भुमा महरा,वडा नं.२ बाट तुलसीराम भण्डारी,वडा नं.४ बाट राम प्रसाद हरिजनले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।