प्रत्येक कक्षाका उत्कृष्ठ विद्यार्थी ‘असहाय बालबालिका’

देव राज कडेँल
तुलसीपुर, ५ पुस /
अभिभावक विहीन रहेर कुनै समय सडकमा भौतारिरहने बालबालिकाहरुले विद्यालय जानपाएपछि भने उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रिगाउँ स्थित दिदी घर संस्थामा रहेका बालबालिकाहरुले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । सोही वडामा रहेको ग्रेट अरणीको माध्यामिक विद्यालयमा अध्ययन ति बालकहरु सबै कक्षामा प्रथम द्धितिय वा तृतिय हुने गरेका छन् । प्रथम त्रैमासिक परीक्षामा नर्सरीबाट सन्तोष थापाले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

नर्सरीमा चार जना विद्यार्थीले पठन–पाठन गरिरहेका छन् ।

त्यस्तै एलकेजीमा निखिल खत्रीले प्रथम स्थान हाँसिल सफल गर्न सफल भएका छन् । एलकेजीमा २ जना विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै युकेजीमा दिलिप मगरले प्रथम स्थान हाँसिल गरेका छन् । अहिले युकेजीमा ४ जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यस्तै कक्षा १ मा रेखा विकले प्रथम स्थान हात पार्न सफल भएकी छिन् । युकेजीबाट कक्षा जम्प गरेर १ मा आएकी सुनिता विकको पनि पढाई राम्रो रहेको छ । कक्षा १ मा २ जना विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै कक्षा २ मा अध्ययनरत राजेश चौधरी तृत्य स्थान हाँसिल गर्न सफल भएका छन् । त्यस्तै कक्षा ३ मा सुस्मिता चौधरी कक्षा प्रथम भएकी छिन् । कक्षाा ३ मा संस्थामा रहेका ७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

तयस्तै कक्षा ५ बाट मञ्जु चौधरी प्रथम हुन सफल भएकी छिन् । सोही कक्षामा अहिले २ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

अहिले संस्थामा २२ जना विद्यार्थीहरुलाई राखिएको अध्यक्ष स्यानी चौधरीले बताईन् ।‘अहिले हामीले २२ जना विद्यार्थीहरुलाई राखेका छौं’, उनले भनिन्‘ ति सबै घरबार विहीन अबस्थामा रहेकाहरु हुन् ।’

कोही आमा वुवा नभएको रहेका छन्, भने कोही आमा वुवाले स्याहार सुसारमा कुनै ध्यान नदिएकाहरु रहेको उनको भनाई छ । कोही भने आमा वितेर वुवाले अर्कै विहे गरेर बसेकाहरु पनि रहेको उनले बताईन् ।‘ यी सबै विद्यार्थीहरु स्कुल जानबाट बञ्चित थिए’, उनले भनिन्‘हामीले त्यस्ता विद्यार्थीहरुलाई पठनपाठनमा बञ्चित नहोउन्, भनी राख्ने गरेका छौं ।’

ति सबै बालबालिकाहरुलाई अहिले स्यानीले नै हेरचाह गर्दै आएकी छिन्, भने घरमा पनि पठन–पाठन गर्ने गरेकी छिन् ।‘विद्यालयमा एउटा बेश बनेको हुन्छ, त्यो कुरा घरमा आएर पनि पढाउने सहज वातावरण भयो भने विद्यार्थीहरुको पठन–पाठन धेरै राम्रो हुन्छ’, उनले भनिन्‘हामीले अहिले पठन–पाठनकालागि एक जना शिक्षिकापनि राखेका छौं, अहिले म आफै पनि पढाउछु, त्यसले गर्दा पनि नतिजा सुधार भएको हो ।’


अहिले उपमहागरपालिका र किवानिश क्लबले बार्षिक २÷२ लाख रुपैँया सहयोग गर्दै आएका छन् । त्यो बाहेक अन्य कुनै पनि निकायबाट सहयोग नआएको उनको भनाई छ ।

सन्तान जस्तै माया

आफ्नै सन्तान जसरी ती बालबालिकालाई माया दिईरहेको उनले बताईन् । ‘उनीहरुलाई आफ्नै सन्तान जसरी माया दिएर राखेकी छु’ उनले भनिन्‘ बालबालिकाहरुलाई भबिष्यमा ठूलो मान्छे बनाउने मेरो लक्ष्य छ ।’ ति बालबालिकाहरुलाई साँझ बिहान संस्थामै पढाउने वातावरण पनि बनाएको अध्यक्ष चौधरीले बताईन् ।

बिद्यालय मात्रै पढेर नहुँने भन्दै उनले साँझ बिहान पढाउनका लागि संस्थामा शिक्षिका पनि राखेको उनले बताईन् । २०६१ देखि संस्थाले पिछडिएका, गरिब तथा शाहारा बिहिन बनेका बिद्यार्थीहरुको भबिष्य उज्ज्वल बनाउँदै आएको छ, भने २०७५ सालदेखि उनले आफै बालबालिका राखेर पठनपाठन गराउन थालेकी हुन् ।

बखरियामा शाखा

दिदी घर संस्थाको तुलसीपुर १३ बखरियामा शाखा सञ्चालनमा ल्यााईएको छ । जहाँ अहिले केटा विद्यार्थीहरुलाई राखिएको उनले बताईन् । डुम्री गाउँमा छात्राहरु र बखरियामा छात्रहरुलाई राखिएको उनको भनाई छ ।

साभार : अग्रिम साप्ताहिक

May be an image of 7 people, people standing and text