दाङमा कांग्रेसले ७ स्थानीय तहका उम्मेदवारको टुंगो लगायो

दाङ
१२ वैशाख / दाङमा काँग्रेसले सात स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ ।

दाङका चार स्थानीय तहमा गठबन्धन गर्ने सहमति भएपनि अन्य स्थानीय तहमा कुनै टुंगो लाग्न सकेको छैन । घोराही र बंगलाचुलीमा माओवादी केन्द्रलाई अध्यक्ष दिने तथा तुलसीपुरमा र शान्तिनगरमा काँग्रेसले लिने सहमति भएको हो । सोही अनुसार घोराहीमा काँग्रेसले उपप्रमुखको उम्मेदवार टुंगाईसकेको छ ।

यस अघिको घोराहीको मेयरका उम्मेदवार भुपबहादुर डाँगीलाई यस पटक उपमेयरको उम्मेदवार बनाएको छ । त्यस्तै तुलसीपुरको मेयरमा गेहेन्द्र गिरी र शान्तिनगरको प्रमुखमा प्रमोद बस्नेतलाई उम्मेदवार बनाएको छ ।


कांग्रेस दाङको आइतबार राति बसेको बैठकले लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगी , गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजीत बिसी र उपाध्यक्षमा शारदा चौधरी, राजपुर गाउँपालिकाको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव, राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बा चौधरी र उपाध्यक्षमा हरि भुसाल, दंगीशरण गाउँपालिकाको अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्का, बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका जिल्ला उपसभापति गिरिराज सुवेदीले जानकारी दिए ।