घोराही उपमहानगरको मेयरमा ७ जनाको उम्मेदवारी

तुलसीपुर
११ वैशाख / दाङको घोराही उपमहानगरपालिकाको प्रमुखकालागि पहिलो दिन ७ जनाको उम्मेदवारी परेको छ ।

आईतबार नेकपा मालेका नेत्रप्रसाद पाण्डेय, विवेकशिल साझा पार्टीका सूर्यप्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनका कल्पना चौधरी, नेपाली कांग्रेस वीपीका गोविन्दप्रसाद शर्मा, मौलिक जरोकिलो पार्टीका दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन् ।


त्यस्तै स्वतन्त्रबाट श्रीमानकुमार न्यौपाने र लिलाबहादुर पुनले प्रमुख पदमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

त्यसैगरी राजनीतिक दलबाट उप्रमुखमा तीन जना र स्वतन्त्रबाट एक जना गरी कुल ४ जनाले उम्मेदवारी दिएका छन् । थापाका अनुसार नेकपा मालेका राधिका क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनका निर्मल थापा, विवेकशील साझा पार्टीका लक्ष्मी जीएम र स्वतन्त्रबाट बसन्तकुमारी भट्टाराईले उम्मेदवारी दिएकी छन् ।