यी हुन्, एमाले दाङका उम्मेदवारहरु

तुलसीपुर
११ वैशाख / नेकपा एमालेले दाङका सबै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको छ ।

दाङका दशै स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको हो । तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा टिकाराम खडका र उपप्रमुखमा स्यानी चौधरी, घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डीसीलाई उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी लमही नगरपालिकाको प्रमुखमा ढण्डीराम चौधरी र उपप्रमुखमा सुशीला घर्ती, बबई गाउँपालिका अध्यक्षमा भुबनेश्वर पौडेल र उपाध्यक्षमा सावित्री बिश्वकर्मा, दंगीशरण गाउँपालिकाको अध्यक्षमा मेघनाथ शाह र उपाध्यक्षमा बुदनी चौधरी(बिजया)लाई उम्मेदवार बनाउने भएको छ ।


त्यस्तै शान्तिनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार बिष्णु बहादुर केसी र उपाध्यक्षमा कमला भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै बङगलाचुली गाउँपालिका अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्ती, राप्ती गाउँपालिका अध्यक्षमा जगत पोख्रेल र उपाध्यक्षमा कमलापति चौधरी, गढवा गाउँपालिका अध्यक्षमा सहजराम यादव र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिका अध्यक्षमा कुलराज गिरी र उपाध्यक्षमा सीता यादवलाई उम्मेदवार बनाउने भभएको छ ।