स्वास्थ्य ,शिक्षा र कृषि पहिलो प्राथमिकता केसि

निराश पान्डे
शान्तिनगर ८ बैशाख ।


स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा गएको बताएका छन यसै क्रममा शान्तिनगरमा एमालेले वडाका सबै प्रतिनिधि टुङ्ग्याइ सकेको छ भने गाउँ पालिकाको अध्यक्ष र उपाध्यक्ष भने टुङ्ग्याइ सकेको छैन उता नेपाली कांग्रेस वडा नम्बर तीन का वडा अध्यक्ष पदका आकांक्षी रुद्र के सि ले आफुले टिकट पाएमा स्वास्थ्य ,शिक्षा र कृषि लाई पहिलो प्राथमिकता दिने बताएका छन। आकांक्षी के सि ले आज चिराघाटमा पत्रकार संग कुरा गर्दै अब को नेतृत्व युबा पुस्तामा हस्तान्तरण हुनुपर्ने तर्क राख्दै समग्र वडा नम्बर तिनको बिकास गर्न सक्ने क्षमता आफू संग भएको बताएका छन। २०७४ सालमा निर्बाचित प्रतिनिधि हरुले निर्वाचनका बेला जनता माझ गरेका प्रतिबद्धता पूरा गर्न नसकेको समेत बताए साथै के सि ले पांच बर्ष को अबधिमा वडा कार्यालय समेत बन्न नसकेको बताए के सि वडा अध्यक्षको दौडमा रहेको र नेतृत्व तहले आफ्नो मूल्याकंन गर्ने समेत बताए ।वडा नम्बर तीन बाट एक दर्जन बढी वडा अध्यक्षका आकांक्षी हरु रहेका छन। के सि शान्तिनगर तीन भलानेटी निवासी हुन।