विपद व्यवस्थापन तालिम लमहीमा सम्पन्न 

दाङ, ११ मङ्सिर ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना राप्ती करिडोरमा रहेका समुदालयलाई लक्षित राखी २ दिने विपद् व्यवस्थापन तालिम लमहीमा सम्पन्न भएको छ । राप्ती करिडोरको समुदायमा रहेका वडा स्तरका विपद व्यवस्थापनमा काम गरिरहेका स्यवंसेवकहरु,सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधि,जुनियर रेडक्रस सर्कलका शिक्षक नायकहरु र रेडक्रस स्यवंसेवकहरुको सहभागीता रहेको थियो । २ दिने तालिममा विपद व्यवस्थापन, बाढी पुर्व सूचना प्रणाली, पुर्वानुमानमा आधारित पुर्वकार्य सम्बन्धी विषय बस्तुमा रहेको थियो ।

तालिममा सहभागीहरुले तालिम पश्चात आफ्नो समुदाय र विद्यालयमा तालिमबाट सिकेका सिपहरुसहित जनचेतनामुलक गतिविधिहरु गरिने प्रतिवद्धता जनाई कार्ययोजना बनाउनु भएको थियो । नेपाल रेडक्रस सोसाइटीले विश्व बन्यजन्तु कोषसगँको समन्वय र फिनिस रेडक्रसको सहयोगमा लमही नगरपालीका वडा नं २,६ र ८ का ४ वटा समुदायमा विपद व्यवस्थापनमा गतिविधिहरु गर्न लागी रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री प्रकाश श्रीवन्दले जानकारी गराउनु भएको थियो । तालिम उद्घाटन नेपाल रेडक्रस सोसाइटी लमही उपशाखाका सभापति थानेश्वर गैरेको सभापतित्व एवं लमही नगरपालीकाका उप प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा भएको थियो । उक्त तालिमको प्रशिक्षकमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका प्राविधिक संयोजक भरत राज भाट, भिमलाल मरासीनी र विश्राम अधिकारी रहनु भएको थियो । तालिम उद्घाटनको अवसरमा उप प्रमुख लक्ष्मी योगीले विपदको समय होस या पुर्व तयारीमा होस रेडक्रस र लमही नगरपालीले नजिकबाट समन्वय कार्य गरिरहेको बताउनु भएको थियो ।


साथै हाल जलबायु परिवर्तनको असरले पुर्वानुमानमा आधारित पुर्व कार्यका गतिविधिहरु सवैले यसै गरि समन्वय गरि काम गर्नु पर्ने बताउनु भएको थियो । तराई भु–परिधि तथा संरक्षण कार्यक्रमका टिकाराम चौधरीले बन पशु संरक्षणमा पनि विपद पुर्व तयारी आवश्यकता हुने र विपद सम्बन्धी गतिविधिहरु रेडक्रससँग मिलेर गर्ने कुरा जानकारी गराउनु भएको थियो । जिल्ला शाखाका सभापति मदन गौतमले सम्पुर्ण सहभागीहरु तलिम पश्चात आफ्नो समुदायमा र विद्यालयम गई जनचेतना फैलाउनु हुन अनुरोध गर्नुका साथै त्यसकालागी आवश्यकता पर्ने प्राविधिक सहयोग गर्न नेपाल रेडक्रस सोसाइटी तयार रहेको र सम्पुर्ण सहभागी र अतिथिहरुलाई सहित तालिम समापन गर्नु भएको थियो ।